अर्थ/विजनेस

मनीग्राम, IME लिमिटेड र IME Pay ले डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने

सुनकोशी न्युज
२०७७ असोज १५ गते विहिबार

काठमाडौं । मनीग्राम इन्टरनेशनल, इन्कले नेपालको आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ ।

विश्वभरीबाट मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं रकम प्राप्त गर्न सक्नेछन् ।
यस अवसरले सेवाग्राहीहरूलाई मनीग्रामबाट पठाएको रेमिट्यान्स नेपालमा आइएमई पेबाट भुक्तानी लिने नयाँ सुविधा प्रदान गरेको छ ।

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा मनीग्रामको अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट विश्वका विभिन्न दुई सय देशमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर मनीग्रामले प्रदान गरेको छ ।

व्यापार, रोजगारी वा विभिन्न कार्यका लागि विश्वभरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको मनीग्रामका लागि साउथ एसियास्थित ग्लोबल स्ट्राटेजीक सेल्स प्रमुख रिज सोहेलले बताए ।

प्रमुख सोहेलले कोरोना भाइरस (कोभिड–१९० को विश्वव्यापी महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो घरमा वा वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको विश्वास व्यक्त गरे ।
वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । मनीग्रामका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ ।

सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले मनीग्राम मार्फत आइएमई पे वालेटमा आउने प्रति ट्रान्जेक्सनमा रू। ६०र– क्यास व्याक प्रदान गर्नेछ । यो अफर आजैदेखि लागु भइ ३१ डिसेम्बर २०२० सम्म कायम हुनेछ ।

प्रकाशित मिति: बिहिबार, अशोज १५, २०७७