सुनकोशी न्यूज
मंसिर ८ गते, मंगलबार
काठमाडौं । टेन्डर प्रक्रिया पूरा भइसकेपछि अन्तिम समयमा ठेक्का रद्द गरिएको भन्दै समितिमा उजुरी परे पछि । विभागका महानिर्देशक रजौरियाले भने ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन्। संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा आवश्यक कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
समितिको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल भएपछि यस्तो निर्देशन दिइएको हो। समिति सभापति भरतबहादुर खड्काले कागजात प्राप्त भएपछि अध्ययन गरी थप छलफल अघि बढाइने बताए।
आयोजनाबाट मधेशका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।

















Add Comment