समाचार • हेडलाईन न्युज

बालेन–मोदीले गरे उद्घाटन, जनकपुरधाम–अयोध्या रेल सेवा सुरु

सुनकोशी न्यूज
मंसिर ७ गते, सोमबार

नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त उद्घाटन गरेका छन्।

सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यममार्फत उद्घाटन गरिएको रेल सेवा सुरु भएसँगै दुई देशका महत्त्वपूर्ण धार्मिक नगरी प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन्। भारतको अयोध्याबाट ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधामका लागि प्रस्थान गर्नेछ। रेल मंगलबार बिहान जनकपुरधाम पुग्ने तालिका छ। १७ डिब्बा रहेको रेलमा एक हजारभन्दा बढी तीर्थयात्री आउने अनुमान गरिएको छ।

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई जोड्ने यस सेवाले दुई देशबीचको धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध तथा  प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। नेपाल र भारतबीच रेल सञ्चालन तथा सुरक्षा व्यवस्थापनका विषयमा यसअघि लामो छलफल भएको थियो। नयाँ रेल सेवाले दुई देशबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमवार, मंसिर ८, २०८३

 

 

ताजा अपडेट