सुनकोशी न्यूज
मंसिर ४ गते, शुक्रबार
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमण मुख्य एजेन्डा रहेको छ।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणको तयारी, कार्यतालिका तथा एजेन्डाबारे बैठकमा छलफल हुने बताइएको छ।
बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलाई औपचारिक स्वीकृति दिने अपेक्षा गरिएको छ।

















Add Comment