समाचार • हेडलाईन न्युज

कार्कीको पुनर्बहाली मागमा सर्वोच्चको कारण देखाऊ आदेश, मंसिर ७ गते सर्वोच्चमा सुनुवाइ हुने

सुनकोशी न्यूज
मंसिर २ गते, बुधबार

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आगामी मंसिर ७ गते पुनः सुनुवाइ हुने भएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो ।

यसअघि बुधबार सर्वोच्चले कार्कीको मागअनुसार तत्काल अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । आगामी सुनुवाइमा कार्की, सरकार र नवनियुक्त आईजीपी डा. मनोज केसीका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८३

 

 

ताजा अपडेट