अर्थ/विजनेस हेडलाईन न्युज

५ अर्ब ७३ करोडको कारोबार, बीमा समूह चम्कियो

काठमाडौं, २० जेठ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार २.६६ अंकले बढेर २७८० अंकमा पुगेको छ। दिनभर सामान्य उतारचढाव देखिएको बजारमा कारोबार रकम पनि वृद्धि भएर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन २२.२१ अंकले बढेको बजार बुधबार पनि हरियो संकेतमा बन्द भएको हो। आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।


सेक्टरवाइज प्रदर्शन

निर्जीवन बीमा : सबैभन्दा बढी चम्कियो

निर्जीवन बीमा समूहको सूचक ३.३७ प्रतिशतले बढ्दै वैशाख २ यताकै उच्च बिन्दुमा पुगेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत तेस्रो पक्षको बीमाङ्क रकम दोब्बर बढाएर १० लाख रुपैयाँ पुर्‍याइएपछि यस क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिएको हो।

जीवन बीमा

जीवन बीमा समूह १.७३ प्रतिशतले उकालो लागेको छ।

उत्पादन तथा प्रशोधन

उत्पादन तथा प्रशोधन समूह ०.४२ प्रतिशतले बढेको छ।

माइक्रोफाइनान्स

माइक्रोफाइनान्स समूहमा ०.४५ प्रतिशतको वृद्धि देखिएको छ।

होटल तथा पर्यटन

होटल तथा पर्यटन समूह ०.१८ प्रतिशतले बढेको छ।

विकास बैंक

विकास बैंक समूह ०.६६ प्रतिशतले बढेको छ।

अन्य समूह

अन्य समूहमा सबैभन्दा धेरै २.३६ प्रतिशतको गिरावट आएको छ।

व्यापार

व्यापार समूह ०.२४ प्रतिशतले घटेको छ।

लगानी

लगानी समूह ०.२० प्रतिशतले ओरालो लागेको छ।

जलविद्युत्

जलविद्युत् समूह ०.११ प्रतिशतले घटेको छ।

फाइनान्स

अघिल्लो दिन सबैभन्दा धेरै बढेको फाइनान्स समूह बुधबार १.१६ प्रतिशतले घटेको छ।

बैंकिङ

बैंकिङ समूह ०.१३ प्रतिशतले घटेको छ।


सबैभन्दा धेरै बढ्ने कम्पनीहरू

  • कालिन्चोक हाइड्रोपावर – १४.९९ प्रतिशत
  • एसबीएल डिबेन्चर (२०८४) – १४.९३ प्रतिशत
  • विजय लघुवित्त – ८.७३ प्रतिशत
  • सयपत्री हाइड्रोपावर – ७.०५ प्रतिशत
  • नेपाल इन्स्योरेन्स – ६.१७ प्रतिशत

सबैभन्दा धेरै घट्ने कम्पनीहरू

  • नेपाल पुनर्बीमा – ५.१८ प्रतिशत
  • सेन्ट्रल फाइनान्स – ३.४८ प्रतिशत
  • हिमालयन रिइन्स्योरेन्स – ३.३९ प्रतिशत
  • त्रिशूली जलविद्युत् – ३.३९ प्रतिशत

उच्च कारोबार भएका कम्पनी

बुधबार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा:

  • आँखुखोला जलविद्युत्
  • नेपाल पुनर्बीमा
  • रिडी पावर
  • नेपाल इन्स्योरेन्स
  • नेसनल हाइड्रोपावर

रहेका छन्।

प्रकाशित मिति: बुधबार, जेष्ठ २०, २०८३

 

 

ताजा अपडेट