सुनकोसी न्युज
जेष्ठ २६, २०८३, मंगलबार
मनहरी, मकवानपुर । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २८औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका उत्कृष्ट सदस्य, कृषक तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
प्रमुख अतिथि मुख्यमन्त्री बानियाँले सहकारी अभियानले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानको आयस्तर उकास्न सहकारी संस्थाहरूको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गर्नुभयो। सहकारीमार्फत स्थानीय उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुगेको उहाँको भनाइ थियो।
कार्यक्रममा सहकारीका पदाधिकारी, शेयर सदस्य, कृषक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संस्थाका पदाधिकारीहरूले सहकारीको २८ वर्षे यात्रा, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराएका थिए।
वार्षिकोत्सवको अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सदस्य तथा कृषकहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरेको थियो। सहभागीहरूले सहकारीको निरन्तर प्रगति र कृषि क्षेत्रको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
सहकारी संस्थाले विगत २८ वर्षदेखि स्थानीय किसानको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि बचत, ऋण, कृषि उत्पादन तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

















Add Comment