सुनकोशी न्यूज
जेष्ठ ११ गते, सोमबार
११ जेठ, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २७.८५ अंक अर्थात् १ प्रतिशतले बढेर २७८६ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
सेक्टरवाइज प्रदर्शन :
- जलविद्युत् समूह : १.५० प्रतिशत वृद्धि
- उत्पादन तथा प्रशोधन समूह : १.३५ प्रतिशत वृद्धि
- अन्य समूह : १.२३ प्रतिशत वृद्धि
- होटल तथा पर्यटन समूह : १.०२ प्रतिशत वृद्धि
- माइक्रोफाइनान्स समूह : ०.९९ प्रतिशत वृद्धि
- निर्जीवन बीमा समूह : ०.९५ प्रतिशत वृद्धि
- बैंकिङ समूह : ०.८५ प्रतिशत वृद्धि
- लगानी समूह : ०.७४ प्रतिशत वृद्धि
- विकास बैंक समूह : ०.६९ प्रतिशत वृद्धि
- जीवन बीमा समूह : ०.६४ प्रतिशत वृद्धि
- फाइनान्स समूह : ०.५७ प्रतिशत वृद्धि
- व्यापार समूह : ०.३२ प्रतिशत वृद्धि
आज २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।सबैभन्दा धेरै बढ्ने कम्पनीमा थ्रीस्टार हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, अपरहेवाखोला, मायाखोला हाइड्रोपावर र रिजलाइन इनर्जी रहेका छन् ।















Add Comment