समाचार हेडलाईन न्युज

हावाहुरी, चट्याङ र गर्मीको दोहोरो प्रभाव, विभिन्न क्षेत्रमा सतर्क रहन अपिल

सुनकोशी न्यूज

जेष्‍ठ १२ गते, मंगलबार

काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न क्षेत्रमा मिश्रित मौसम रहने जनाएको छ। कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

हावाहुरीका कारण घरका छाना उड्ने, रुख तथा बिजुलीका पोल ढल्ने जोखिम भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको हो।

हावाहुरीबाट प्रभावित हुन सक्ने क्षेत्र

कोशी प्रदेश

झापा, मोरङ लगायत आसपासका जिल्लामा हावाहुरीको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ।

मधेश प्रदेश

बारा, पर्सा, सर्लाही र धनुषा आसपासका क्षेत्रमा तीव्र हावा चल्न सक्ने सम्भावना रहेको छ।

बागमती प्रदेश

मकवानपुर, चितवन लगायत आसपासका जिल्लामा हावाहुरीको जोखिम रहेको विभागले जनाएको छ।

गण्डकी प्रदेश

नवलपुर, तनहुँ आसपासका क्षेत्रमा हावाहुरीको प्रभाव पर्ने सम्भावना छ।

लुम्बिनी प्रदेश

रुपन्देही सहित आसपासका जिल्लामा पनि हावाहुरीको जोखिम रहेको छ।


पश्चिम तराईमा अत्यधिक गर्मी

मौसम विभागका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा अत्यधिक गर्मी हुने सम्भावना छ।

अत्यधिक गर्मी हुने प्रमुख सहर

  • धनगढी र नेपालगञ्ज : ३९–४१ डिग्री सेल्सियस
  • दिपायल : ३८–४० डिग्री सेल्सियस
  • भैरहवा : ३७–३९ डिग्री सेल्सियस
  • वीरेन्द्रनगर : ३६–३८ डिग्री सेल्सियस
  • घोराही : ३५–३७ डिग्री सेल्सियस

वर्षा र चट्याङको सम्भावना भएका क्षेत्र

काठमाडौं उपत्यका

काठमाडौंमा आज मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको ४० प्रतिशत सम्भावना रहेको छ। तापक्रम २८–३० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

गण्डकी र पूर्वी पहाडी क्षेत्र

पोखरा, ओखलढुङ्गा र ताप्लेजुङमा मध्यम वर्षाको सम्भावना सबैभन्दा बढी अर्थात् ६० प्रतिशत रहेको विभागले जनाएको छ।

अन्य वर्षा हुने क्षेत्र

जनकपुर, विराटनगर, धरान, सिमरा, जुम्ला, डडेल्धुरा र जोमसोम लगायतका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।


रातिको मौसम

रातिको समयमा पनि काठमाडौं, पोखरा, जनकपुर, जिरी र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।विभागले हावाहुरी, चट्याङ र अत्यधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १२, २०८३

 

 

ताजा अपडेट