कृषि समाचार हेडलाईन न्युज

आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकियो

सुनकोशी न्यूज 

जेष्‍ठ ११ गते, सोमबार

 काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको प्रति क्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ तथा मध्यम धानको प्रति क्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितताका लागि समयमै समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिए ।

सरकारले प्रत्येक वर्ष किसानलाई राहत तथा कृषि उत्पादनको बजार सुनिश्चित गर्न प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ११, २०८३

 

 

ताजा अपडेट