समाचार • हेडलाईन न्युज

आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नदिन स्वास्थ्य बीमा ऐन संशोधन हुँदै

सुनकोशी न्यूज
मंसिर १० गते, बिहिबार

काठमाडौं। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र दिगो बनाउन सरकारले स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संशोधन विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिहीबार स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोषलगायत निकायका प्रतिनिधिसँग प्रस्तावित विधेयकबारे छलफल गरेकी छन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयक छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी छ।

प्रस्तावित संशोधनमा सबै नागरिकलाई बीमाको दायरामा ल्याउने, आर्थिक रूपमा कमजोर नागरिकको उपचार खर्च राज्यले व्यहोर्ने तथा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषका उपचार सुविधाबीच समन्वय गर्ने व्यवस्था समेटिएको छ।

त्यस्तै, सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि प्रस्ताव गरिएको छ।

प्रकाशित मिति: बिहिबार, मंसिर ११, २०८३

 

 

ताजा अपडेट