सुनकोशी न्यूज
मंसिर १० गते, बिहिबार
काठमाडौं। मलेसिया रोजगार ठगी तथा संगठित अपराध प्रकरणमा फरार पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतको कोलकाताबाट पक्राउ परेका छन्। उनलाई बिहीबार नेपाल–भारत सीमाबाट पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
मलेसिया रोजगारीका नाममा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी ठगी तथा संगठित अपराध गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
यसअघि २ कात्तिकमा पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव तथा अन्य कर्मचारी पक्राउ परेका थिए। प्रकरणमा पूर्वमन्त्री, उच्च सरकारी अधिकारी र निजी कम्पनीका सञ्चालकमाथि अनुसन्धान जारी छ।

















Add Comment