सुनकोशी न्यूज
जेष्ठ ११ गते, सोमबार
काठमाडौं । सरकारले राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र शैक्षिक प्रमाणपत्रजस्ता सरकारी कागजात घरमै पुर्याउने सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार गरेको छ ।हुलाक सेवा विभाग का अनुसार सार्वजनिक सेवा प्रवाहलाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्यले सेवा विस्तार गरिएको हो ।
हालसम्म २९ हजार ७५८ राहदानी ढुवानी गरिएकोमध्ये १ हजार ७६३ वटा घरमै वितरण गरिएको विभागले जनाएको छ । त्यस्तै ४ लाख ७५ हजार ९०८ वटा लाइसेन्स सम्बन्धित कार्यालयसम्म पुर्याइएको छ भने ६७२ वटा लाइसेन्स सेवाग्राहीको घरमै वितरण गरिएको छ ।
यसैगरी २६० वटा शैक्षिक प्रमाणपत्र र ५३९ वटा प्रयोगशाला नमुना पनि कुरियरमार्फत ढुवानी गरिएको विभागले जनाएको छ ।विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनी ले नागरिकलाई सरकारी सेवा सहज र छरितो बनाउन सेवा विस्तार गरिएको बताइन् ।
सरकारले आगामी दिनमा नेपाल टेलिकम सँग सहकार्य गरी सिम कार्डसमेत घरमै पुर्याउने तयारी गरेको जनाएको छ ।














Add Comment