समाचार • हेडलाईन न्युज

पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान अघि बढ्दै, आज अदालतबाट म्याद थप गरिँदै

सुनकोशी न्यूज
मंसिर ११ गते, शुक्रबार ।

काठमाडौं। मलेसिया जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम असुल गरेको अभियोगमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई आज शुक्रबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।

अर्याललाई बिहीबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई हवाईमार्ग हुँदै भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल पुर्‍याइएको थियो। त्यहाँबाट पूर्वी नाका हुँदै विराटनगर ल्याइएका उनलाई बिहीबार अपराह्न काठमाडौं ल्याइएको हो।

यद्यपि, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भने अर्याललाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ।श्रमिकसँग गैरकानुनी रूपमा रकम असुल गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका अर्याललाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८३

 

 

ताजा अपडेट