मुख्य समाचार समाचार हेडलाईन न्युज

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध र राज्यविरुद्धको मुद्दा दर्ता

सुनकोशी न्यूज

जेष्‍ठ ११ गते, सोमबार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ ।

सरकारी वकिल कार्यालयले सोमबार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरुद्धको कसुर अन्तर्गत अभियोगपत्र दायर गरेको हो । बयान नसकिएकाले अदालतले उनलाई मंगलबार पुनः उपस्थित गराउने गरी हिरासतमा पठाएको छ ।

प्रहरीले प्रसाईंलाई गत ४ जेठमा वीरगञ्जस्थित होटल दियालोबाट पक्राउ गरेको थियो । प्रहरीले सार्वजनिक नैतिकता, सामाजिक सद्भाव र विभिन्न जातजाति तथा समुदायबीचको सम्बन्धमा खलल पुग्ने खालका अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

अनुसन्धानका क्रममा प्रसाईंले विभिन्न युट्युब अन्तर्वार्तामा महिला, सेना, प्रहरी तथा केही राजनीतिक व्यक्तित्वविरुद्ध अपमानजनक र विवादास्पद अभिव्यक्ति दिएको दाबी गरिएको छ ।अदालतमा उपस्थित गराउँदा उनका समर्थकहरूले पर्सा जिल्ला अदालत अगाडि नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ११, २०८३

 

 

ताजा अपडेट