मुख्य समाचार समाचार हेडलाईन न्युज

नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीबाट हटाउन परराष्ट्रमन्त्री खनालको आग्रह

सुनकोशी न्युज

जेष्‍ठ ११ गते, सोमबार

११ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल ले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) को उडान सुरक्षा कालोसूचीबाट हटाउन सहयोग गर्न ईयू सदस्य राष्ट्रहरूसँग आग्रह गरेका छन् ।सोमबार परराष्ट्र मन्त्रालयमा ईयूका राजदूतहरूको प्रतिनिधिमण्डलसँग भएको भेटमा मन्त्री खनालले नेपालले हवाई सुरक्षामा उल्लेखनीय सुधार गरेको भन्दै कालोसूची हटाउने प्रक्रियामा सहयोग मागेका हुन् ।

भेटमा उनले व्यापार, जलवायु, शिक्षा र लगानीका क्षेत्रमा नेपाल–ईयू सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए । साथै जलविद्युत्, पर्यटन, पूर्वाधार र सूचना प्रविधिमा लगानी बढाउन ईयू राष्ट्रहरूलाई आह्वान गरेका छन् ।नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जो ले नयाँ सरकारप्रति ईयूको समर्थन रहेको बताउँदै डिजिटलाइजेसन र विकास सहकार्यमा थप साझेदारीको सम्भावना रहेको उल्लेख गरिन् ।

ईयूको २२ सदस्यीय प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाह सँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ११, २०८३

 

 

ताजा अपडेट