सुनकोसी न्युज
जेष्ठ ०९, २०८३, शनिबार
ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्र राष्ट्रको भविष्य भएको बताउनुभयाे।
प्याब्सन जिल्ला कार्य समिति ललितपुरद्वारा आयोजित SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।
माननीय मुख्यमन्त्री बानियाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिनुभयो। उहाँले विद्यार्थीहरूको सफलता मेहनत, अनुशासन र अभिभावक तथा शिक्षकको सहयोगको परिणाम भएको उल्लेख गर्नुभयो।
उहाँले शिक्षालाई जीवन परिवर्तनको आधारका रूपमा लिन आग्रह गर्नुभयो। साथै, आगामी दिनमा अझ मेहनतका साथ अघि बढ्न विद्यार्थीहरूलाई प्रेरणा दिनुभयो।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।















Add Comment