अर्थ/विजनेस समाचार हेडलाईन न्युज

ढोरपाटनका पहिरोग्रस्त स्थानीयलाई प्रभु बैंकको ५ लाख आर्थिक सहयोग, भौतिक संरचना छिटै निर्माण गरिने

सुनकोशी न्युज
२०७७ असोज १६ गते शुक्रबार
बागलुङ । प्रभु बैंकले बागलुङ ढोरपाटनका बाढीपहिरो पीडितका लागि ५ लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

असोज १५ गते बागलुङको बुर्तिवाङ नगरपनलिकामा आयोजित एक कार्यक्रममा ढोरपाटन नगरपालिकाका मेयरलाई कैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

केही समयपहिला ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ मा गएको पहिरोमा पुरिएर ३७ जनाको ज्यान गएको थियो । पहिरोमा १०० भन्दा बढी घरहरु पुरिएका थिए भने विद्यालय, स्वास्थ्यचौकी र लघु जलविद्युत आयोजना समेत ध्वस्त भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री राम शरण बस्नेतको पनि सहभागिता थियो । उहाँहरुले क्षतिग्रस्त स्थानको बिशेष निरिक्षण गर्नुभएको थियोे । उहाँहरुले बाढीपहिरोग्रस्त क्षेत्रका स्थानीयसँग भेटेर गुनासो सुन्नुभएको थियो ।

उक्त स्थानमा शीघ्र केन्द्रीय बिद्युत प्रसारण लाईनको सेवा पु¥याउने, क्षतविक्षतभएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधासम्पन्न सेवा प्रवाहका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज १६, २०७७

 

 

ताजा अपडेट