समाचार हेडलाईन न्युज

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव

सुनकोशी न्युज
२०७७ असोज १६ गते शुक्रबार

प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ ।

शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव पारित गरेको थियाे ।

दाङको देउखुरीलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँची शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन् ।

यसअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले नै भालुवाङ राजधानी बनाउन लिखितरुपमा प्रदेश सरकारलाई दिएको स्रोतको दाबी छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज १६, २०७७

 

 

ताजा अपडेट