समाचार हेडलाईन न्युज

नेपालमा थप २७२२ जनामा कोरोना : संक्रमितको संख्या ८२४५० पुग्यो

सुनकोशी न्युज
२०७७ असोज १६ गते शुक्रबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप २ हजार ७ सय २२ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, अशोज १६, २०७७