समाचार हेडलाईन न्युज

काठमाडौंमा १२८० सहित उपत्यकामा थप १६३८ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ असोज १६ गते शुक्रबार

काठमाडौं – काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा १ हजार २ सय ८०, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ।

प्रकाशित मिति: शुक्रबार, अशोज १६, २०७७