अर्थ/विजनेस मुख्य समाचार

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

कलेज परिसरमा आज बिहान १०ः०० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रा.डा. रबिन्द्र श्रेष्ठज्यूले एक समारोहवीच प्रभु बैंक लि. गण्डकी मेडिकल कलेज एक्स्टेन्सन काउण्टरको उद्घाटन गर्नुभएको होे ।

उक्त काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।

एक्स्टेन्सन काउण्टर सञ्चालनपश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्पmत् हुने हुदा प्रशासनिक सहजता प्राप्त हुनेमा कलेज प्रशासन ढुक्क भएको छ ।

यसैगरी, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने प्रभू बैंकले जनाएको छ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा ATM, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, अशोज २१, २०७७