मुख्य समाचार समाचार हेडलाईन न्युज

ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता जारी

सुनकोशीन्यूज
२०७७ आश्विन २२ गते बिहीबार

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल हुदै ।

ओली र प्रचण्डले केही समययता मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल गरे पनि निष्कर्षमा पुगेका छैन। मन्त्रिपरिषद् पुनर्गठन अनिश्चितसमेत बनेको छ। मन्त्रिपरिषद् पुनर्गठन दशैंतिहार अघि हुने सम्भावना कम भएको छ ।

पार्टी एकताका बाँकी कामका विषयमा पनि आज छलफल हुने बताइएको छ। असोज ६ गते बसेको सचिवालय बैठकले एकताका काम १० दिनभित्र सक्ने गरी प्रस्ताव ल्याउने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो। तर, उक्त प्रस्ताव तयार भइसकेको छैन।

प्रकाशित मिति: बिहिबार, अशोज २२, २०७७