समाचार हेडलाईन न्युज

नेपालमा सर्वाधिक सङ्ख्यामा कोरोना : ४३६४ थपिए

सुनकोशी न्युज
२०७७ असोज २२ गते बिहीबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप ४ हजार ३ सय ६४ जनामा कोरोनाभाइरस पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ ।

संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र २ हजार ५ सय ४० जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको मन्त्रालयले जनाएको छ।

जसमा संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ र होम आइसोलेसनमा १४ हजार ९ सय ६७ जना रहेका छन् ।

यस्तै देशभर कोरोना निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ।

यसैगरी कोरोनाबाट आज थप १२ जनाको मृत्यु भएको छ। यससँगै  कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ।

प्रकाशित मिति: बिहिबार, अशोज २२, २०७७