अर्थ/विजनेस रोचक हेडलाईन न्युज

फोनको क्यामेरा धेरै मेगापिक्सलको हुदैमा राम्रो फोटो खिच्ने होइन

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । अचेल लगभग हरेकको हातमा स्मार्ट फोन हन्छ । फोन कुराकानी गर्न जत्तिकै फोटो÷भिडियो खिच्न र इन्टरनेट चलाउन पनि प्रयोग गरिन्छ । अचेल कुन स्मार्ट फोनले राम्रो गुणस्तरको फोटो खिच्न सक्छ भनेर स्मार्ट फोनको रोजाई हुने गरेको छ । विभिन्न मोबाइल कम्पनीले यसका लागि विभिन्न खाले महंगा क्यामेरा फोनहरु बजारमा ल्याएका छन् । यदि क्यामेरा फोनमा धेरै मेगापिक्सलको क्यामेरा छ भने त्यसले राम्रो फोटो खिच्न सक्ने मानिसहरुको बुझाई छ । त्यसैले कम्पनीहरुले पनि त्यसैका आधारमा ग्राहकलाई लोभ्याउने गरेका छन् । तर धेरै मेगापिक्सलको क्यामेरा भएको स्मार्टफोन हुदैमा त्यसले राम्रो फोटो खिच्न सक्छ भन्ने छैन । एउटा क्यामेरा फोनले राम्रो फोटो खिच्नका लागि विभिन्न गुण हुनुपर्छ । त्यसमा लेन्स र क्यामेरा उत्पादन कम्पनीको गुणस्तरमा पनि निर्भर हुने गर्दछ । सामान्यतया निम्न कुरामा ध्यान दिने हो भने मात्रै बजारमा राम्रो क्यामेरा फोन किन्न सकिनेछ :

स्मार्ट फोन निर्माण कम्पनीहरुको तर्फबाट वर्तमान समयमा १०८ मेगापिक्सलका क्यामेरा फोनहरु उपलब्ध गराइदै छ । तर यसका बाबजुत यी स्मार्ट फोनबाट १६ मेगा पिक्सलका आइफोन वा सामान्य डिजिटल जति पनि गुणस्तरीय फोटा क्लीक गर्न सकिदैन । सामान्य भाषमा भन्दा सिंगल रियर क्यामेरा भएको आइफोनले धेरै मेगापिक्सल भएका ट्रिपल वा क्वाड क्यामेरा फोनको तुलनामा धेरै राम्रो क्वालिटीको फोटो वा भिडियो खिच्न सक्छ । यसले स्पष्ट हुन्छ कि धेरै मेगापिक्सल भएका राम्रा भनिएका क्यामेरा फोनको कुनै भरोसा हुदैन । भनेपछि आखिर एउटा राम्रो क्यामेरा फोनको छनोट कसरी गर्ने भन्ने स्वभाविक प्रश्न उठ्छ । यसका लागि यसबारे केही आधारभूत कुरा बुझ्न आवश्यक छ ।

१. लेन्स
क्यामेराको सबैभन्दा महत्वपूर्ण भाग भनेको लेन्स हो । अचेल स्मार्टफोनको लेन्स क्याथल लगायत कयौं कम्पनीहरुले बनाउछन् । यस्तो कुरा हामीले स्मार्टफोन खरिद गर्दा जहिले पनि चेक गर्नुपर्ने हुन्छ । तपाई जुन स्मार्टफोन किन्दै हुनुहुन्छ, त्यसमा कुन कम्पनीको लेंन्स प्रयोग भएको छ भनेर हेर्नुपर्छ । साथै, जहिले पनि राम्रो ब्राण्डका कम्पनीले उत्पादन गरेका लेंन्स प्रयोग गर्नुपर्छ । फोनको लेंन्सलाई क्यामेराको आँखा भन्ने गरिन्छ । यसको अर्थ फोनको क्यामेरामा लेंन्सको क्वालिटि जति राम्रो हुन्छ, उक्त फोनले उत्ति नै राम्रो फोटो खिच्न सक्छ । लेंन्सको फोकल लेन्थलाई एमएम मा नापिन्छ ।

२.मेगापिक्सल 
अचेल यस्तो वातावरण बनाइएको छ कि धेरै मेगापिक्सल भएको स्मार्टफोनले नै ज्यादा फोटो खिच्न सक्छ । तर त्यस्तो हुदैन । एउटा राम्रो फोटो खिच्नका लागि मेगापिक्सलका साथै अरु पनि धेरै राम्रा कुराहरु हुनुपर्छ । भन्नुपर्दा, एउटा फोटो कयौं धेरै ‘डट’ हरु मिलेर बनेको हुन्छ, यसैलाई पिक्सल भनिन्छ । जति धेरै मेगापिक्सल हुन्छ, उति नै धेरै राम्रो फोटो खिचिन्छ । यिनीहरुको संख्यालाई प्रति इंच डट को हिसाबले मापन गरिन्छ ।

३. इमेज सेंसर 
इमेज सेंसरले फोटोको गुणस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अचेल कयौं कम्पनीहरुले स्मार्टफोनमा इमेंज सेंसर प्रयोग गर्ने गरेका छन् । यस्तोमा फोन खरिद गर्दा इमेज सेंसरको बारेमा अवश्य जानकारी लिनुहोला । एउटा इमेज (फोटो) सेंसरमा रेकर्ड हुने गर्दछ । इमेज सेंसर जति ठूलो हुन्छ, फोटो पनि उति नै राम्रो खिचिन्छ । क्यामेरामा धेरै ठूलो इमेज सेंन्सरको प्रयोग गर्नुको कारण पनि यही हो । यही कारण डिएसएलआर क्यामेराबाट स्मार्टफोनको तुलनामा धेरै राम्रा फोटा खिच्न सकिन्छ ।

४. जूम 
टाढाको बस्तुलाई क्लिक गर्नको लागि जुमको प्रयोग गरिन्छ । क्यामेरामा दुईखाले जुम हुन्छन् । डिजिटल जुम र अप्टिकल जुम । डिजिटल जुमको तुलनामा अप्टिकल जुम धेरै राम्रो मानिन्छ । टाढाको बस्तुलाई नजिक ल्याएर फोटो÷भिडियो खिच्नको लागि जुमइन गरिन्छ र नजिकको बस्तुलाई टाढा बनाएर फोटो खिच्न जुमआउट गरिन्छ ।

५. Aperture
मेगापिक्सलका साथसाथै क्यामेराको Aperture मा पनि ध्यान दिनु आवश्यक छ । अपर्चर जति धेरै हुन्छ, क्यामेराको फोकस उति नै साँघुरो हुन्छ र त्यस्तो क्यामेराको क्वालिटि राम्रो मानिन्छ । जस्तो कि १२ मेगापिक्सलको क्यामेरामा यदि f/2=2 Aperture  छ र ८ मेगापिक्सलको क्यामेरामा f/1=8 Aperture छ भने यस्तोमा ८ मेगापिक्सलबाट तपाई धेरै राम्रो फोटो खिच्न सक्नुहुन्छ । यसले पनि देखाउछ कि धेरै मेगापिक्सलको क्यामेरा फोन हुदैमा त्यसले राम्रो फोटो खिच्छ भन्ने जरुरी छैन ।

६. इमेज स्टेवलाइजेशन 
इमेज स्टेवलाइजेशन फिचरले सुरुसुरुमा राम्रो फोटो खिच्न मद्दत गर्छ । यदि तपाई प्रोफेशनल फोटोग्राफर होइन भने फोटो खिच्नेबेला हात हल्लिदा सफा फोटो आउदैन । यस्तो अवस्थामा क्लियर फोटो खिच्नका लागि स्टेवलाइजेशन फिचरले धेरै सहयोग गर्दछ । यसमा सफ्टवेयरको सहयोगले इमेजलाई स्थीर गरिन्छ । आजकल अप्टिकल इमेज स्टेवलाइजेशनको प्रयोग हुने गरेको छ । यसमा सेंन्सरको सहयोगले फोटोलाई स्टेवलाइज्ड गरिन्छ जुन फोटो खिच्दा हात हल्लियो भने पनि धेरै राम्रो फोटो खिच्न सहयोग पुग्दछ ।

प्रकाशित मिति: शुक्रबार, अशोज २३, २०७७