सुनकोसी न्युज
जेठ २९ गते बिहीबार, २०८२
काठमाडौं/ भारतको अहमदावादमा दुर्घटनामा परेको विमानमा सवार कोही पनि जिवित नरहेको प्रहरीले जनाएको छ । अहमदावादका प्रहरी आयुक्तलाई उद्धृत गर्दै समाचार संस्था एपीले दुर्घटनाग्रस्त विमानमा सवार २ सय ४२ जनामध्ये सबैको ज्यान गएको जनाएको छ ।
‘विमान दुर्घटनामा कोही पनि जिवित नरहेको देखिन्छ ।’ आयुक्त जीएस मलिकले एपीलाई भनेका छन् । कार्यालयहरु समेत रहेको आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले केही स्थानीहरुले पनि ज्यान गुमाएको हुनसक्ने उनले बताए ।
दुर्घटनामा मारिएकाहरुको सङ्ख्या यकिन गर्ने प्रयास भइरहेको उनको भनाइ छ । बिहीबार दिउँसो लण्डनको ग्याट्विक विमानस्थलका लागि उडान भरेको एअर इण्डियाको विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
टेक अफ गरेको केही मिनेटभित्रै बोइङ ७८७ ड्रिमलाइनर विमान नजिकै रहेको चिकित्सकहरुको आवास क्षेत्रमा बज्रिन पुगेको थियो ।
Add Comment