सुनकोसी न्युज
कार्तिक २४
काठमाडौं । दिल्लीको लालकिल्ला नजिक शक्तिशाली विष्फोट भएको छ। विष्फोटका कारण अहिलेसम्म १० जनाको मृत्युु भएको छ भने दर्जनौं घाइते भएको दिल्ली पुलिसले जनाएको छ।
भारतीय टिभी आजतक, जिटिभि लगायत समाचार शुत्रका अनुसार साँझ ६:५२ मा एक कारमा विष्फोट भएको हाे । घाइतेको नजिकका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विष्फोट कसले किन गराएकाे हाे भन्ने अहिलेसम्म जानकारीमा आउन नसकेको बताइएको छ। विष्फोटपछि देशका अन्य शहरमा समेत सजगता अपनाइएको गृहमन्त्री अमित शाहले जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् ।
दिल्लीको लालकिल्लामा शक्तिशाली विष्फोट, १० काे मृत्युु, दर्जनौं घाइते
















Add Comment