सुनकोसी न्यूज
चैत्र १ गते आइतबार
सुनकोसि न्यूज
चैत्र १ गते आइतबार
काठमाडौं । आइतबार नेपालको सेयर बजारमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४ अंकमा पुगेको छ। दिनभर बजार सामान्य उतारचढावमा रहँदा पनि कारोबार रकम भने उच्च नै रह्यो।
आज कुल १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन १४ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
बजारमा आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ। साथै ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत प्रदर्शनमा व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ ०.२१ प्रतिशत, विकास बैंक ०.७४ प्रतिशत, फाइनान्स ०.२२ प्रतिशत, हाइड्रोपावर ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१२ प्रतिशत, माइक्रोफाइनान्स ०.१५ प्रतिशत, निर्जीवन बीमा ०.१६ प्रतिशत र अन्य समूह ०.०३ प्रतिशतले बढेका छन्।
यता लगानी समूह ०.५४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत र जीवन बीमा समूह ०.४६ प्रतिशतले घटेका छन्।
आज चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन लगायत रहेका छन्। सोलु हाइड्रोपावरको शेयर आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो। साथै ग्रिनलाइफ हाइड्रोपावरको मूल्य ९.५३ प्रतिशत र अभियान लघुवित्तको ५.३१ प्रतिशतले बढेको छ।
यता दरामखोला हाइड्रो इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। त्यसपछि खानीखोला हाइड्रोपावर ५.१८ प्रतिशत, थ्रीस्टार हाइड्रोपावर ३.३५ प्रतिशत र हिमस्टार ऊर्जाको ३.३० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा ग्रिनलाइफ हाइड्रोपावर, रिडी पावर, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र राधि विद्युत रहेका छन्।

















Add Comment