समाचार हेडलाईन न्युज

सिन्धुलीका सांसद पहाडीलाई कोरोना पोजेटिभ

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । सिन्धुली निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य सांसद गणेश पहाडीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

केही दिन यता रुघाखोकी, ज्वारो र थकान जस्ता लक्षण देखिएपछि हिजो विहिबार शुक्रराज सरुवा रोग अस्पतालमा गई स्वाब परिक्षण गर्नुभएका पहाडीको रिपोर्ट बेलुका नौ बजे आएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएपछि उहा नयावानेश्वरस्थित निवासमा होम आइसोलेशनमा रहनु भएको छ । हाल उहाँँको स्वास्थ्य अवस्था सामान्य रहेको पहाडीले जानकारी दिनुभयो ।

‘केही दिनदेखि अलि असहज भएपछि टेकुमा गई स्वाब परिक्षण गराउदा रिपोर्ट पोजेटिभ आयो । अहिले अवस्था सामान्य छ । घरमै आइसोलेशनमा बसेको छु ।’ उहाले सुनकोशी न्युजलाई बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, अशोज २३, २०७७