शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

राष्ट्रिय योजना आयोगका सदस्य डा. फुँयाललाई कोरोना संक्रमण

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाललाई कोरोना पोजेटिभ देखिएको छ ।

विहिबार गरेको स्वाब परिक्षणमा डाक्टर फँुयालमा कोरोना भाइरस पोजेटिभ नतिजा देखिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यमा खासै समस्या नदेखिए पनि केही दिनयता सामान्य लक्षण देखिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री स्वयम् आयोगको अध्यक्ष हुने हुँदा पटक पटक प्रधानमन्त्री कार्यालयमा बैठकहरु गरिरहनुपर्ने र प्रधानमन्त्री कार्यालयका लगभग ८० जनालाई केही दिनपहिला कोरोना पोजेटिभ देखिएपछि उहाँ पनि कन्ट्रयाक्ट ट्रसिङमा पर्नुभएको थियो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अन्तराष्ट्रिय सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थाप, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, फोटो पत्रकार लगायतलाई कोरोना संक्रमण भएको थियो ।

दक्षिण कोरियाबाट माइक्रो इकोनोमिक्समा पोष्ट डक्टरेटसम्मको अध्ययन गर्नुभएका फूँयाल सिन्धुलीको चपौली निवासी हुनुहुन्छ । योजना आयोगको सदस्य हुनपूर्व उहाँ त्रिभूवन विश्वाविद्यालयका सह-प्रध्यापक हुनुहुन्थ्यो ।

हाल उहाँ आफ्नै निवासमा होम आइसोलेशनमा रहनुभएको परिवारस्रोतले जानकारी दियो ।

प्रकाशित मिति: शुक्रबार, अशोज २३, २०७७