शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

नेपालमा कोरोनाबाट मर्नेको संख्या ६०० नाघ्यो, १ लाख ६७६ संक्रमित

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६०० पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट १० जनाको ज्यान गएको छ ।

नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघेको छ । नेपालमा हालसम्म १ लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए ।

गत २४ घण्टामा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९ जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।

यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् । हाल ३१८ जना आइसीयूमा उपचाररत छन् भने ७५ जना भेन्टिलेटरमा छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । नेपालमा कोरोना जितेर डिस्चार्ज हुने प्रतिशत ७२.५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज २३, २०७७