मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

डा. केसी अनसन तोड्दै

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । केहीबेरमा सरकार र डा. केसीको तर्फबाट बनेको वार्ता टोली वार्तामा पुनः बस्ने र सहमतिलाई औपचारिकता दिनेछ ।

त्यसपछि आजै अनसन तोड्ने स्रोतले बतायो ।

शिक्षा सचिव गोपीनाथ मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेको थियो ।

बिहीबार सहमति हुन नसकेको विषय डा. केसीका ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: शुक्रबार, अशोज २३, २०७७