मुख्य समाचार शिक्षा/स्वास्थ्य स्थानीय

सिन्धुलीमा २४ घण्टामा ३० जनामा कोरोना पोजेटिभ

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
सिन्धुली । गत २४ घण्टामा सिन्धुलीमा ३ण् जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार संक्रमित ३० जनामध्य ९ जना महिला र २१ जना पुरुष रहेका छन् । यो समेत सिन्धुलीमा कोरोना संक्रमितको जम्मा संख्या २१९ जना पुगेको छ ।

जसमध्य ६३ जना निको भएर घर फर्किएका छन् भने ८२ जना आइसोलेशनमा रहेको सिन्धुली अस्पता विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म कोरोनाका कारण कसैको पनि मृत्यु नभएको पोखरेलले बताउनुभयो ।

केही दिनयता सिन्धुलीमा विभिन्न कार्यालयहरुमा समेत समूहमा कोरोना संक्रमण देखिन थालेपछि कार्यालयहरु नै सिलबन्दी गर्न थालिएको छ । सिन्धुली जिल्ला अस्पतालका केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको इमरजेन्सी र सुत्केरी सेवाबाहेक अन्य सेवा बन्द गरिएको छ ।

त्यसैगरी जिल्ला मालपोत कार्यालय र अन्य चारवटा बैंकहरुका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएपछि ती कार्यालयहरु पनि बन्द गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, अशोज २१, २०७७

 

 

ताजा अपडेट