समाचार स्थानीय हेडलाईन न्युज

कोखाजोर जलविद्युत आयोजनाको EIA टोली र मरिणका स्थानीयबीच छलफल

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । कोखाजोर जलविद्युत आयोजनाको वातावरणिय प्रभाव मूल्यांकन (EIA) को प्रतिवेदन तयारी कार्य सुरु भएको छ ।

वातावरणीय प्रभाव मूल्यांकनको सिलसिलामा उर्जा, जलस्रोल तथा सिचाई मन्त्रालय, विद्युत विकास विभागबाट गएको टोलीले आयोजना प्रभावित क्षेत्रअन्तर्गत सिन्धुलीको मरिण गाउँपालिकाका प्रभाववित संभाव्य स्थानीयसँग छलफल तथा सार्वजनिक सुनुवाई गरेको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बन्न लागेको ११० काभ्रे जिल्लाको खानीखोला र महाभारत गाउँपालिका, सिन्धुली जिल्लाको हरिहरपुरगढी र मरिण गाउँपालिका तथा मकवानपुर जिल्लाको बागमति गाउँपालिकामा अवस्थित कोखाजोर खोलामा प्रस्तावित जलासययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूलल्यांकन (EIA) अध्ययन सम्वन्धी क्षेत्र निर्धारण प्रतिवेदनका लागि विभागको टोलीले स्थानीय सरकार र जनतासँग रायसुधmाव माग गरेको हो ।

सिन्धुलीका उक्त क्षेत्रका माननीय हरिवोल गजुरेलको विशेष पहलमा निर्माण हुन गइरहेको उक्त आयोजनालाई नेपाल सरकारले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ । छलफलमा मरिण गाउँपालिकाले स्थानीयलाई शेयरको व्यवस्था हुनुपर्ने, रोजगारीको व्यावस्था हुनुपर्ने, उचित मुअब्जाको व्यवस्था हुनुपर्ने लगायत ९ बुँदे सुझाव पेस गरेको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो ।

आयोजनाको टोलीले काभ्रेका प्रभावित गाउँपालिकाहरुसँग छलफल गरिसकेको र बागमति गापा र हरिहरपुरगढी गापासँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उक्त आयोजना निर्माण सम्पन्न हुँदा राष्ट्रिय प्रसारण लाइनमा ११० मेगावाट विजुली थपिने मात्रै नभएर सिन्धुली र काभ्रेका जनताको जीवनस्तरमा समेत परिवर्तन आउने अध्यक्ष बम्जनको बुझाई छ । उक्त मरिण क्षेत्रमा सुनकोसी मरिण डाइभर्सनको काम पनि भइरहेको छ । जसबाट मधेसको १२ हजार हेक्टर जमिन सिचाई हुनुका साथै २८.६ मेगावाट विजुली समेत निकालिने छ ।

प्रकाशित मिति: बुधबार, अशोज २१, २०७७