शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

गत २४ घण्टामा ३४३९ जनामा कोरोना पोजेटिभ, १५ को मृत्यु

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

जसमध्य ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २५ हजार ७ संक्रिय संक्रमित छन् । १४ हजार ४११ होम आइसोलेशनमा र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा मृत्यु भएका १५ मध्ये ६ जना काठमाडौंका रहेका छन् । मृतकमा ५ जना महिला र १० जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । मृत्यु हुनेमा महिलामा सिराहाकी ५० वर्षीया, रौतहटका ७२ वर्षीया, काठमाडौंका ६६ वर्षीया र ७२ वर्षीया र दाङकी ७१ वर्षीया रहेका छन् ।

कहाँ कति थपिए संक्रमित ः

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६८४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२९६, ललितपुर २९३ र भक्तपुरका ९५ जना छन् ।

यस्तै मोरङका ३२२ जना, सुनसरीका १९३, चितवनका १३१, रुपन्देहीका १३०, बाँकेका १०६, मकवानपुरका ९९, सुर्खेतका ७८, काभ्रेका ५१, दार्चुलाका ४८, रौतहट, कास्की र बाग्लुङका ३४र३४ जना, सप्तरी र कपिलवस्तुका ३३र३३ जना, सिन्धुलीका ३०, कैलालीका २५, दाङका २४ झापा र बर्दियाका २२र२२ र लमजुङ र पाल्पाका १९र१९ जनामा संक्रमण पुष्टि भएको छ ।

धनुषा र नवलपरासीका १८र१८ जना, सर्लाही र नवलपुरका १७र१७ जना, पर्सा र सिराहाका १५र१५ जना, बारा, गोरखा र तनहुँका १३र१३ जना, सिन्धुपाल्चोकका ११, धादिङका १०, नुवाकोट, गुल्मी र सल्यानका ९र९ जना, रामेछापका ८, दोलखाका ६, महोत्तरी, दैलेख र अछामका ५र५ जना तथा उदयपुर, ओखलढुंगा र कञ्चनपुरका ४र४ जनामा पनि संक्रमण देखिएको छ ।

यस्तै खोटाङ, धनकुटा, संखुवासभा, पर्वत, स्याङ्जा, प्युठान, रुकुम पश्चिम र डोटीका ३र३ जना, भोजपुर, म्याग्दी, अर्घाखाँची, रोल्पा र बैतडीका २र२ जना तथा इलाम, रुकुम पूर्व, कालीकोछ, डोल्पा, डडेलधुरा र बझाङका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, अशोज २१, २०७७