शिक्षा/स्वास्थ्य समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ९०,८१४ जना, निको हुने ६७,५४२ जना

सुनकोशी न्युज
२०७७ असोज २० गते मंगलबार
काठमाण्डौं । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या जम्मा ६७ हजार ५ सय ४२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन्। जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, अशोज २०, २०७७