समाचार हेडलाईन न्युज

कांग्रेसले कुर्सी तोडफोडमा संलग्न तीन जना प्रदेश सांसदलाई कारवाही गर्ने संकेत

सुनकोशी न्युज
२०७७ असोज १९ गते सोमबार

काठमाडौं – नेपाली कांग्रेसले प्रदेश ५ का सांसदहरुले गरेको कुर्सी तोडफोड पार्टीको नीति र संस्कृति विपरित भएको जनाएको  छ।

साथै कांग्रेसले कुर्सी तोडफोडमा संलग्न तीन जना प्रदेश सांसदलाई कारवाही गर्ने संकेत गरेको छ।

प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट सांसदहरुले कुर्सी तोडफोड गरेका थिए।

कांग्रेस सांसदको हर्कतको चौतर्फी आलोचना भएपछि पार्टीका  प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड गर्ने कार्यलाई छिटपुट भनेर नछोप्ने स्पष्ट पारेका छन्।

कांग्रेस प्रवक्ता शर्माले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक बनाउने कांग्रेसका सांसदलाई अराजक बन्न छुट नभएको बताएका छन्। ‘कुर्सी तोडफोड गर्ने, रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,’ उनले स्पष्ट पारे।

संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाईको पद्धति हो। यसलाई परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो,’ प्रवक्ता शर्माले भने, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटपुट’ भनेर छोप्दैन, कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं।’

प्रकाशित मिति: सोमवार, अशोज १९, २०७७

 

 

ताजा अपडेट