अर्थ/विजनेस समाचार

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रदिप खड्का र कृष्टिना गुरुङ नियुक्त

सुनकोशी न्युज
२०७७ असोज १९ गते सोमबार
काठमाण्डौं । अभिनेता प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनज्यूले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंक लि. को विज्ञापन सार्वजनिक गरिएको थियो । नेपाली सिनेमा जगतका ख्यातिप्राप्त कलाकारद्धय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त हुनुभएपपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने प्रभु बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: सोमवार, अशोज १९, २०७७