समाचार हेडलाईन न्युज

कोरोना सँग सम्बन्धित कारण थप १९ जनाको मृत्यु : मृत्यु हुने को सङ्ख्या ५५४ पुग्यो

सुनकोशी न्युज
२०७७ असाेज १९ गते सोमबार

काठमाडौं – विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट नेपालमा १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ जना महिला र १४ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा सुनसरीका ५५ वर्षीय पुरुष, काठमाडौंका २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुष, ललितपुरका ३ वर्षीय बालक सहित ५५ र ७१ वर्षीय पुरुष, चितवनका ६२ वर्षीय पुरुष, नवलपरासी पूर्व का ३६ वर्षीय पुरुष रहेका छन्।

त्यसैगरी पर्साका ६५ वर्षीय महिला, काठमाडौंका ७६, ८१ र ८३ वर्षीय महिला र गाेरखा ४५ वर्षीय महिला रहेका छन्।

यससँगै नेपालमा कोरोना सँग सम्बन्धित कारणले मृत्यु हुने को सङ्ख्या ५ साय ५४ पुगेको छ ।

प्रकाशित मिति: सोमवार, अशोज १९, २०७७