समाचार हेडलाईन न्युज

नेपालमा थप २४४० जनामा कोरोना

सुनकोशी न्युज
२०७७ असोज १९ गते सोमबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप २ हजार ४ सय ४० जनामा कोरोनाभाइरस पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ ।

संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ३१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ३६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको मन्त्रालयले जनाएको छ।

जसमा संस्थागत आइसोलेसनमा ११ हजार १ सय ९१ र होम आइसोलेसनमा १२ हजार ३ सय १६ जना रहेका छन् ।

यस्तै देशभर कोरोना निको हुनेको संख्या ६५ हजार २ सय २ पुगेको छ।

प्रकाशित मिति: सोमवार, अशोज १९, २०७७