कर्णाली समाचार हेडलाईन न्युज

जाजरकोट जीप दुर्घटनामा वडाध्यक्षसहित पाँचको मृत्यु

file photo

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भएको जीप दुर्घटनामा सोही वडाका वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बुधबार दिउँसो २ बजे भे १ ज ९३५ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा जुनीचाँदे–१ का अन्दाजी ६५ वर्षीय बुद्धि बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, वडाअध्यक्ष अम्मर बहादुर शाही र ३० वर्षीय खिम बहादुर शाही रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको उनले जानकारी दिए। घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाबाट प्रहरी गएको छ। जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ।

प्रकाशित मिति: बुधबार, अशोज २१, २०७७