अर्थ/विजनेस कृषि हेडलाईन न्युज

कालिमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा कार्की

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्ष योगेन्द्र कार्कीलाई बनाउने निर्णय भएको छ ।

आज बसेको मन्त्रीपरिष्को बैठकले कषि मन्त्रालयका सहसचिव कार्कीलाई समितिको अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

कार्की यसअघि बागमति प्रदेश कृषि सहकारी तथा भूमिसुधार मन्त्रालयका सचिव हुनुहन्थ्यो । केही दिपहिला मात्रै प्रदेशबाट सुरुवा हुनुभएका सहसचिव कार्कीलाई सरकारले समितिको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

विगतमा कृषि मन्त्रालय अन्तर्गतको प्याक्ट लगायत विविभन्न आयोजनाहरुमा आयोजना प्रमुख भएर काम गरिसक्नुभएका कार्की वरिष्ठ सहसचिवहरुमध्य पर्नुहुन्छ ।

कार्की कृषि अर्थशास्त्र समाजका अध्यक्ष तथा अन्तराष्ट्रिय कृषि प्रसार शिक्षा समाजका उपाध्यक्ष समेत रहनुभएको छ । उहाँ एक सफल कृषि व्यावसायी पनि रहनु भएको छ । सोलुखुम्बु जिल्लामा कार्कीले कागती फर्म संचालन गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, अशोज २१, २०७७