गण्डकी

गण्डकी मुख्य समाचार समाचार

लमजुङका ५ स्कुललाई गुरुङले दिलाए २ करोडको कम्युटर ल्यावका सामाग्री

सुनकोशी न्युज, २०७७ असार १४ गते आइतबार
लमजुङ । लमजुङका विभिन्न ५ स्कुलमा सूचना प्रविधि ल्याब निर्माणका लागि २ करोड रुपैंया बराबरको कम्युटर लगायत अन्य प्राविधिक सामाग्री प्रदान गरिएको छ । नेकपा प्रमुख सचेतक देव प्रसाद गुरुङको जोडबलमा उक्त सामान ती स्कुलहरुलाई प्रदान गरिएको हो ।
संघीय सरकारको नीति अनुसार नेपाल दुरसंचार प्राधिकरणले प्रति विद्यालय रु. ४० लाख बराबरको कम्युटर र...

थप पढ्नुहोस
गण्डकी हेडलाईन न्युज

 गुरुङ जातिको संस्कार अनुसार पारिवारीक जमघट : मुख्यमन्त्री गुरुङ

सुनकोशी न्युज
२०७६ फाल्गुण ४
पोखरा । शनिबार बेलुकादेखि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा मुख्यमन्त्री गुरुङसहित उनकी पत्नी र अन्य व्यक्तिहरुको जमघट देखिन्छ । त्यहाँ मुख्यमन्त्री गुरुङसहितकाले मादक पदार्थ सेवन गरिरहेको देखिन्छ ।
भिडियो बाहिरिएपछि मुख्यमन्त्री गुरुङले आफ्नै कार्यकक्षमा मदिरा पार्टी गरेको...

थप पढ्नुहोस
गण्डकी

विद्युत प्राधिकरणका प्रमुखसहित २ विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्र नवलपरासी (पूर्व) का कार्यालय प्रमुखसहित दुईजनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले कार्यालय प्रमुख बिजयकुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुलाई सेवाग्राहीसँग ४६ हजार ५ सय ५५ रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा...

थप पढ्नुहोस
गण्डकी

अन्नपूर्ण केबलकारका कारण स्थानीय घर बार बिहिन 

पोखरा । झण्डै असि प्रतिशात काम सकिएको अन्नपूर्ण केबलकारको निर्माण कार्य अन्तिम चरणमा आएपछि रोकिएको छ । केबलकारका सन्चालक कालु गुरुङले स्थानीयलाइ मुआब्जा र क्षतिपूर्ति नदिएपछि दर्जनौं स्थानीय आन्दोलित बनेका छन। स्थानीयहरु वारपारको आन्दोलन गर्ने भएपछि सन्चालक गुरुङ सम्पर्क भन्दा बाहिर रहेका छन ।  स्थानीय लाइ घर बार बिहिन बनाएर आफ्नो घरको आकाशबाट केबलकार सन्चालन गर्दै...

थप पढ्नुहोस
गण्डकी स्थानीय

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

पर्वत, ४ साउन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महीनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । आयोजना प्रमुख आशिष थापामगरले भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको बताउनुभयो ।...

थप पढ्नुहोस
गण्डकी शिक्षा/स्वास्थ्य

विद्यालय दिउँसो चलाउन अटेर

बागलुङ, ३१ असार । बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ । शिक्षा ऐन आठौँ संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गरेको छ । यसअघि पटक–पटक दिउँसो कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिइए पनि केही विद्यालयले अटेर गरेपछि...

थप पढ्नुहोस
गण्डकी शिक्षा/स्वास्थ्य

‘स्वास्थ्य सेवा सहज बनाऊ’

दमौली, ३१ असार । उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवा सहज र सरल बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालको आज निरीक्षण गर्दै उहाँले बिरामीले सहज रूपमा सेवा पाउनुपर्ने तथा स्वास्थ्यकर्मी संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो । “देशमा अहिले विपद्को अवस्था छ, यस्तो अवस्थामा...

थप पढ्नुहोस