गण्डकी मुख्य समाचार समाचार

लमजुङका ५ स्कुललाई गुरुङले दिलाए २ करोडको कम्युटर ल्यावका सामाग्री

सुनकोशी न्युज, २०७७ असार १४ गते आइतबार

लमजुङ । लमजुङका विभिन्न ५ स्कुलमा सूचना प्रविधि ल्याब निर्माणका लागि २ करोड रुपैंया बराबरको कम्युटर लगायत अन्य प्राविधिक सामाग्री प्रदान गरिएको छ । नेकपा प्रमुख सचेतक देव प्रसाद गुरुङको जोडबलमा उक्त सामान ती स्कुलहरुलाई प्रदान गरिएको हो ।
संघीय सरकारको नीति अनुसार नेपाल दुरसंचार प्राधिकरणले प्रति विद्यालय रु. ४० लाख बराबरको कम्युटर र अन्य सामाग्री प्रदान गरेको हो । सबै सामाग्री आइतबारसम्म सबै स्कुललाई हस्तान्तरण गरिसकिएको प्रमुख सचेतक गुरुङले जानकारी दिए ।

सामाग्री पाउने स्कुलहरु निम्न रहेका छन् :

१. श्री भक्ती नमूना नमूना मा.वि., भोटेओडार, लमजुङ
२. श्री मंगला मा.वि. म.ने. नगरपालिका, लमजुङ
३. श्री शिशु बिध्याश्रम मा.वि., तिनपिप्ले, लमजुङ
४. श्री गंगा मिलन मा.वि., लमजुङ
५. श्री जनकल्याण मा.वि., बेनपा–११, चिति

प्रकाशित मिति: आइतवार, असार १४, २०७७

 

 

ताजा अपडेट