बागमती मुख्य समाचार समाचार स्थानीय

नेकपा सुनकोशी गाउँकमिटिको कार्यालय भवन निर्माण गरिने

सुनकोशी न्युज, २०७७ असार १२ गते शुक्रबार

सुनकोशी । नेकपा सुनकोशी गाउँ कमिटि सचिवालयको आज बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले गाउँपार्टीको कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ ।

गाउँ कमिटिका कमिटिका अध्यक्ष रोमनराज गिरि (अशोक) को अध्यक्षतामा बसेको बैठकले १ वर्षभित्र पार्टीको कार्यालय भवन बवनाउने लगायत निर्णय गरेको अध्यक्ष गिरिले बताए ।

बेठकले भवन निर्माणको लागि गाउँ कमिटिका इन्चार्ज रामकृष्ण श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय आर्थिक व्यवस्थापन कमिटि बनाएको छ । त्यसैगरी अध्यक्ष गिरीको संयोजकत्वमा ३ सदस्य जग्गा व्यावस्थापन समिति बनाएको छ ।

साथै, गाउँपार्टी कमिटि र स्थानीय पालिका सरकार मिलेर भरखरै गाउँपालिकाको साधरणसभाले पास गरेको जनमुखी बजेट कार्यक्रम र विकासका कामलाई समन्वय गरेर कार्यान्वयन गर्ने सहमति पनि गरेको छ । सुनकोशी गाउँपालिकाकी अध्यक्षा दिपा दाहाल बोहोरा उक्त गाउँ कमिटिकी सहइन्चार्ज पनि हन् ।

गाउँपालिकामा गाउँ कमिटिको सहयोग र सहकार्यमा महत्वपूर्ण कामहरु सम्पन्न भैरहेको सुनकोशी गाउँपालिका अध्यक्ष दाहालले बताइन् ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७