समाचार हेडलाईन न्युज

लायन्स क्लबस् अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए २, नेपालद्वारा क्याबिनेट गठन

काठमाडा । लायन्स क्लबस् अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ ए–२, नेपालकाडिष्ट्रिक्ट गवर्नर लायन डा. सुशिला मल्लले लायन्स क्लबको संरचना अनुसार वर्ष सन् २०२०—२०२१ का लाागि विभिन्न पदाधिकारीहरु रहने गरी क्याबिनेट गठनगर्नु भएको छ । उहांले उक्तक्याबिनेटमा रहेका विभिन्न पदाधिकारीहरुको नामकाठमाडौंबाट जुममार्फत् आयोजित कार्यक्रममा सार्वजनिक गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबअन्तर्राष्ट्रियका पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर लायन सञ्जय खेतानले लायन्स क्लबहरुले विश्वभरिनै कोभिड जस्ता विभिन्न प्राकृतिक प्रकोपमा उदारमनले सहयोग गर्दै आएको र हालैमात्रै नेपालका लायन्स सदस्यहरुका तर्फबाट नेपाल सरकारलाई करीव ५७ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको कुरा स्मरण गर्नु हुंदै लायन्स क्लब अन्तर्राष्ट्रियबाट प्राप्त हुने करीव रु. ४८ लाख बराबरको पीसीआर टेष्टिङ्ग किटहरु कोभिड केन्द्रित विभिन्न अस्पतालहरुलाई दिने क्रममा रहेको कुरा बताउनु भयो ।
उक्त अवसरमा बोल्नु हुंदै डिष्ट्रिक्ट गवर्नर लायन डा. सुशिला मल्लले विशेषगरी कोभिड–१९ को परिस्थितिले निम्त्याएको चुनौति सामना गर्न कोभिड प्रतिरोधी जनजागरणका लागि तत्पर भई काम गर्न सबै लायन सदस्यहरुलाई आव्हान गर्नुभयो ।

यसै क्रममा उहांले समस्यामा परेका जनसमुदाय र व्यक्तिलाई नेपालका लायन्स सदस्यहरुले खाद्यान्न लगायत, आर्थिक तथाभौतिक साधनको माध्यमबाट पुर्याउ“दै आएको सेवाकार्यलाई निरन्तरता दिनुपर्ने र आगामी दिनमा यसको अझ आवश्यकता पर्नसक्ने अवस्थालाई ध्यानदिई चनाखो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

डिष्ट्रिक्ट ३२५ ए २ अन्तर्गतको भू–भागलाई प्रतिनिधित्व हुनेगरी गठन गरिएको उक्त क्याबिनेटमा क्याबिनेट सेक्रेट्रि, ट्रेजरर, प्रमुख सल्लाहकार लगायत सेवाका विभिन्न फा“ट समेटिने ५० भन्दा बढि समितिहरु पनि गठन गरिएको छ । यसैगरी चीफ एरिया कोअर्डिनेटर, को–चीफ एरिया कोअर्डिनेटर, क्लष्टर चीफ र सहायकहरु, एरिया कोअर्डिनेटर, रिजन चेयरपर्सन, जोन तथा अन्य विभिन्न पदमा उहांले विभिन्न लायन्स क्लबका सदस्यहरुलाई मनोनयन गर्नुभएको छ ।

काठमाडौं, भक्तपुर, काभ्रे, रामेछाप, ओखलढुंगा, खोटांग, सिन्धुली, महोत्तरी, जनकपुर, सर्लाही, रौतहट, बारा, सिराहातथा राजबिराजसम्मका लायन्स क्लबहरु समेटी उक्त क्याबिनेट गठन गरिएको डिष्ट्रिक्ट क्याबिनेट सेक्रेट्रि लायन उत्तम झाले बताउनु भयो ।

प्रकाशित मिति: आइतवार, असार १४, २०७७