गण्डकी समाचार हेडलाईन न्युज

रारा चाउचाउका मालिक तथा सांसद केसीको निधन

सुनकोशी न्युज
२०७७ कार्तिक १८ गते मंगलबार
पोखरा, कास्कीं । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा समानुपातिक सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।

सोमबार राति १० बजे पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको उनका स्वकीय सचिव निरन्जन शर्माले जानकारी दिए ।

६३ वर्षीय केसी लामो समयदेखि मधुमेह र ब्लड प्रेसरका बिरामी थिए ।

केसी २०७४ सालमा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका हुन् ।

केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत हुन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १८, २०७७