समाचार हेडलाईन न्युज

पूर्वसभामुख महराकी पत्नी सिताको निधन

सुनकोशी न्युज
२०७७ कार्तिक १९ गते बुधबार
काठमाण्डौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। उहाँ माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।

कार्तिक १५ गतेदेखि उनलाई नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । पीसिआर टेष्ट गर्दा उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो।

दशैंमा पुख्यौली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

कृष्णबहादुर महरासँग उहाँको २०३५ सालमा विवाह भएको थियो। महरा दम्पतिका दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति: बुधबार, कार्तिक १९, २०७७