गण्डकी

अन्नपूर्ण केबलकारका कारण स्थानीय घर बार बिहिन 

पोखरा । झण्डै असि प्रतिशात काम सकिएको अन्नपूर्ण केबलकारको निर्माण कार्य अन्तिम चरणमा आएपछि रोकिएको छ । केबलकारका सन्चालक कालु गुरुङले स्थानीयलाइ मुआब्जा र क्षतिपूर्ति नदिएपछि दर्जनौं स्थानीय आन्दोलित बनेका छन। स्थानीयहरु वारपारको आन्दोलन गर्ने भएपछि सन्चालक गुरुङ सम्पर्क भन्दा बाहिर रहेका छन ।  स्थानीय लाइ घर बार बिहिन बनाएर आफ्नो घरको आकाशबाट केबलकार सन्चालन गर्दै शक्ति केन्द्र्को आड्मा गुरुङले जबर्जस्ति गर्न थाले पछि स्थानीयले सर्बोच्चमा मुद्दा दायर गरेका थिए ।
सर्बोच्च अदालतले स्ट्रे अर्डर जारी गरेपछि निर्माण कार्य रोकिएको थियो।सर्बोच्चले स्थानीय लाइ मुआब्जा र क्षतिपूर्ति नदिइकन काम अघि नबढाउन आदेश दिएपछि गुरुङ विभिन्न हथकण्डा अपनाउदै स्थानीय लाइ धम्की दिइरहेका छन । स्थानीय लाइ अनेक धम्कि दिदै गुरुङले यही दसैं भित्र निर्माणकार्य सप्पन्न गरी केबलकार सन्चालन गर्ने तयारी गरि रहेका छन। पोखरा बाट सारनकोट सम्म चल्ने सो केबलकारको दुरी २.३० किमि रहेको छ। सो केबलकारको मुख्य लगानी कर्ता गुरुङ हुन उनको मात्रै ७५ प्रतिशात लगानी रहेको बताइएको छ।उनलाइ रास्ट्रीय बाणिज्य बैक सनराइज बैक र नेपाल बङलादेश बैक्ले रिण दिएका छन।तर पछिल्लो समय बैंक हरु लगानी डुब्ने चिन्तामा छन।स्थानीयको बिबाद्ले बेखबर बैक यति खेर ठुलो लगानी डुब्न चिन्ताले त्रसित रहेका छन।
प्रकाशित मिति: मङ्लबार, साउन ७, २०७६

 

 

ताजा अपडेट