गण्डकी स्थानीय

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

पर्वत, ४ साउन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महीनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । आयोजना प्रमुख आशिष थापामगरले भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको बताउनुभयो । “बाटो बन्द भएमा खुलाउनेबाहेक अरु काम हुँदैन”, थापा मगरले भन्नुभयो, “अरु काम मौसमले गर्न दिएन ।” उहाँले वर्खामा काम गर्दा गुणस्तर पनि नहुने र जोखिम पनि हुने सुनाउनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६